हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित श्री संकरज्योती विद्यालयमा बिधालयको अबस्था बारे हेटौंडा उपमहानगरपालिका ११ की वडा अध्यक्ष जुना दाहालले निरिक्षण गर्नु भयो । अध्यक्ष दाहालले वडामा शैक्षिक गुणस्तर वृद्धि गर्न विशेष पहल गर्ने बताउनुभएको छ।
उहाँका अनुसार, सामुदायिक विद्यालयहरूको प्रभावकारी शैक्षिक स्तर वृद्धि गर्न नियमित अनुगमन गर्ने निर्णय गरिएको छ। यस योजनाले विद्यार्थीहरूको सिकाइ स्तरमा सुधार ल्याउनुका साथै शिक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
“विद्यालयहरूको अनुगमन र सुधार योजनालाई निरन्तरता दिनेछौं,” अध्यक्ष जुना दाहालले बताउनुभयो। “सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न हामी कटिबद्ध छौं।”
साथै, वडा नं ११ का अन्य विद्यालयहरूसँग पनि सहकार्य गर्दै शिक्षा स्तर सुधारमा थप कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभएको छ।

















