हेटौंडा/ कैलाश गाउँपालिकाले शिक्षा सेवा आयोगबाट सिफारिस भई आएका प्राथमिक तहका नव नियुक्त शिक्षकहरूलाई विशेष कार्यक्रम आयोजना गरी स्वागत गरेको छ। गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले शिक्षकहरूलाई मार्गनिर्देशन दिँदै पदस्थापन पत्र प्रदान गर्नुभयो।
कार्यक्रमका क्रममा अध्यक्ष मुक्तानले शिक्षकहरूले समुदायमा शिक्षाको स्तर उकास्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो। साथै, उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूलाई सक्रियताका साथ लाग्न आग्रह गर्नुभयो।
गाउँपालिकाले शिक्षाको स्तर सुधार गर्न विभिन्न योजनाहरू अघि सारिरहेको उहाले बताउनुभएको छ। नव नियुक्त शिक्षकहरूको आगमनले विद्यालय शिक्षामा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

















