हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलमा भएको हालैको घटनाले यही यथार्थ उजागर गरेको छ, जहाँ पारिवारिक सम्बन्ध भयानक हिंसामा परिणत भयो।
२२ वर्षीय राहुल दासले आफ्नी जेठी भाउजु ३५ वर्षीया गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेका छन्। सोही क्रममा आफ्ना माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि गम्भीर घाइते बनाएका छन्, जो हाल मकवानपुर सहकारी अस्पतालमा उपचाररत छन्।
तीन सन्तानकी आमा गुडियाको शव राति १० बजेसम्म पनि प्रहरी नियन्त्रणमै थियो। राहुलले अपराध स्वीकारे पनि यस्तो क्रूर कदम चाल्नुको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

















