हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका-६, लोथर बजारमा सवारी दुर्घटनामा परी एक तरकारी व्यवसायीको मृत्यु भएको छ।
शुक्रबार बिहान ३:१५ बजे नारायणगढतर्फ तरकारी लिन जाँदै गरेका ३२ वर्षीय सन्देश कोइराला सवार गाडी दुर्घटनामा परेको हो। राक्सिराङ गाउँपालिका-४ घर भई मनहरीमा तरकारी व्यवसाय गर्दै आएका कोइरालाले चलाएको बा.प्र. ०३-००१ च ३०१२ नम्बरको खाली म्याजिक गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३-००६ ख ५६८१ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका कोइरालालाई उपचारका लागि चितवन नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो। टाउको, खुट्टा तथा शरीरमा गम्भीर चोट लागेका उनको बिहान ४:१५ बजे उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
हाल प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। यस्तै मृतकका आफन्तहरुले मनहरी राजमार्ग केही बेर बन्दछ गरेपनि अहिले पुर्ण रुपले बाटो खुलेको र छलफल भईरहेको ईलाका प्रहरी कार्यालय मनहरीका प्र .नि. बिशाल सापकोटाले जानकारी दिनुभयो।

















