हेटौंडा/ मकवानपुर, २०८१ चैत्र १९ – मकवानपुर जिल्लाको बागमती गाउँपालिका–८, भुवनचुली देउडीभञ्ज्याङस्थित धरान–चतरा सडकको नालीमा हेटौंडा उपमहानगरपालिका–१६ निवासी ३७ वर्षीय मिलन दंगाल मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार, मृतक दंगालको शव २० गते बिहान ६:३० बजे भेटिएको थियो। घटनाबारे सूचना प्राप्त भएलगत्तै प्रहरी अनुसन्धान अधिकृतको नेतृत्वमा केनाइन (कुकुर) टोलीसहितको प्रहरी टोलि घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा सात जनालाई नियन्त्रणमा लिइएको छ। मकवानपुर जिल्ला अदालत हेटौंडाबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा परेका व्यक्तिहरू
१) प्रशान्त लामा, ३६, मकवानपुर, बकैया गाउँपालिका–३
२) किसन दानी, २४, ललितपुर, गोदावारी नगरपालिका–१२
३) इनिसा तिमल्सेना, १९, बारा, निजगढ नगरपालिका–३
४) सुस्मिता तामाङ, १९, मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५
५) शर्मिला मुक्तान, २०, सिन्धुली, मरिन गाउँपालिका–७
६) रोजिना तामाङ, १९, हेटौंडा उपमहानगरपालिका
७) सुजन पौडेल, २८, हेटौंडा उपमहानगरपालिका–१६
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलन गर्ने कार्य भइरहेको जानकारी दिएको छ। मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटना कसरी र किन भएको भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ।

















