हेटौंडा / कान्तिलोकपथअन्तर्गत मकवानपुरगढी गाउँपालिका–२ गंगेभिरमा आइतबार दिउँसो गुडिरहेको अटोमाथि ढुङ्गा खस्दा अटो चालक गम्भीर घाइते भएका छन्।
गढी दरबारबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना २ ह १२९० नम्बरको अटोमाथि अचानक ढुङ्गा खस्दा हेटौंडा उपमहानगरपालिका–८ निवासी ५४ वर्षीय चालक सूरज सारू मगर गम्भीर घाइते भएका हुन्। अटोमा सवार अन्य तीन जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।
घाइते मगरको प्रारम्भिक उपचार हेटौंडामा गरिएको भए पनि अवस्था गम्भीर देखिएपछि उनलाई चितवन हुँदै थप उपचारका लागि काठमाडौंस्थित न्युरो अस्पताल रिफर गरिएको मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।

















