लोकतान्त्रिक आदिवासी जनजाति महासंघद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

Image

हेटौंडा / लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, मकवानपुरको आयोजनामा आज एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा माननीय एका लाल श्रेष्ठ विशेष अतिथिको रुपमा सहभागी हुनुहुँदै प्रशिक्षणलाई सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा आदिवासी जनजाति समुदायका अगुवा, संघका पदाधिकारी तथा विभिन्न तहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले समावेशी लोकतन्त्र, अधिकारको सुनिश्चितता, र जनजातीय समुदायको समसामयिक मुद्दाका विषयमा प्रशिक्षण लिएका थिए।

माननीय श्रेष्ठले आफ्नो सम्बोधनमा आदिवासी जनजातिको हक, अधिकार र पहिचानको संरक्षणका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि राज्यले अझ जिम्मेवार भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रमको समापनमा आयोजक संस्थाले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमको प्रतिबद्धता व्यक्त गर्‍यो।