गृहिणी महिला सशक्तीकरणका लागि नामटारमा ३३ दिने व्युटिसियन तालिम सुरु, ह्याण्डी क्राफ्ट तालिम सम्पन्न

Image

हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिका स्थित नामटार, वडा नं. ९ – बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा सञ्चालित “गृहिणी महिला सशक्तीकरण कार्यक्रम” अन्तर्गत नामटारमा ३३ दिने व्युटिसियन तालिमको उद्घाटन कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले गर्नु भयो । यसै क्रममा १५ दिने ह्याण्डी क्राफ्ट बनाउने तालिम तथा उद्यमशीलता विकास तालिमको सफल समापन पनि सम्पन्न गरेको छ।

कार्यक्रम २०८२ साल वैशाख ९ गते उद्घाटन तथा समापन समारोहसहित सम्पन्न भएको हो। तालिममा स्थानीय गृहिणी महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। व्यावसायिक सीप प्रदान गरी महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमप्रति सहभागीहरूले उत्साहजनक प्रतिक्रिया जनाएका छन्।

स्थानीय तह र प्रदेश सरकारबीचको सहकार्यले महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रम समापनका क्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।