मनहरीमा सडक दुर्घटना : मोटरसाइकलको ठक्करले वृद्ध महिलाको ज्यान गयो

Image

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका–७, लचकास्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध महिलाको ज्यान गएको छ।

मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बा ६२ प १११४ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेकी करिब ६१ वर्षीया अज्ञात महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ठक्करपछि गम्भीर घाइते भएकी ती महिलालाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याइएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ भने मृतक महिलाको परिचय खुलाउने प्रयास भइरहेको छ।