हेटौंडा/ जिल्ला ट्राफिक प्रहरी कार्यालय, हेटौंडामा आज एक विशेष कार्यक्रमका बीच हालै सरुवा भई आउनु भएका प्रमुख निरीक्षक (प्र.नि.) बच्चु राम फुयाँलको स्वागत तथा सरुवा भई जानु भएका प्र.नि. केशव अधिकारीको बिदाई कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नं. ६४४९ मिति २०८२।०१।१० गतेको सरुवा पत्रादेशअनुसार प्र.नि. फुयाँल साविक इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवनको अपराध नियन्त्रण शाखाबाट सरुवा भई कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न हेटौंडा आउनुभएको हो।
उक्त अवसरमा आयोजित ‘स्वागत तथा फेरी भेटौंला’ कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका सम्पूर्ण कर्मचारी, स्थानीय प्रतिनिधिहरू, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले प्र.नि. केशव अधिकारीको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालको लागि शुभकामना व्यक्त गर्दै प्र.नि. फुयाँललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा केही सांस्कृतिक प्रस्तुति, मायाको चिनो तथा सम्मान-पत्र प्रदान गरिएको थियो।
कार्यक्रमको समापनमा सबै उपस्थित व्यक्तिहरूले “फेरी भेटौंला” भनी आत्मीयता प्रकट गरेका थिए।

















