विकास योजनाको स्थलगत अनुगमन, वडा नं. ३ मा पारदर्शिता र जवाफदेहिता प्रति प्रतिबद्धता

Image

हेटौंडा/  हेटौंडा उपमहानगरपालिका वडा नं. ३ भित्र सञ्चालित विकास योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न वडा कार्यालयले स्थलगत अनुगमन गरेको छ।

वडा सदस्य रत्न बहादुर बोलोनको अध्यक्षतामा सम्पन्न अनुगमन कार्यक्रममा वडा सचिव बिदुर प्रसाद ढुङगेल, कार्यालय लेखापाल गणेश शर्मा लगायतको टोली सहभागी थियो।

अनुगमन टोलीले वडा भित्रका विभिन्न भौतिक पूर्वाधार निर्माण, सडक ढलान, ढल निकास, पुल, खोल्सी तथा अन्य विकास योजनाहरूको अवलोकन गर्दै कामको प्रगति र गुणस्तरबारे प्रत्यक्ष जानकारी लिएको हो।

वडा सदस्य बोलोनले योजनाहरू समयमै सम्पन्न हुनुपर्ने र बजेटको प्रभावकारी उपयोग हुनुपर्नेमा जोड दिँदै, “जनताको करको पैसाले निर्माण हुने योजनामा पारदर्शिता र गुणस्तरमा सम्झौता हुन दिइने छैन,” भन्ने प्रतिबद्धता व्यक्त गरे।

यस प्रकारको अनुगमनले योजनाहरूमा पारदर्शिता, जवाफदेहिता तथा स्थानीय सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएोछ।