हेटौंडा / मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडक खण्डमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायवउपरीक्षक तथा प्रवक्ता श्यामु अर्यालले जनकारी दिनुभयो।
दुर्घटनामा परेको बोलेरो जिप (नं. पा. १–०२–००१ च ५७८९) राक्सिराङको अठारेबाट हटियातर्फ जाँदै गरेको थियो। बोलेरो सडकबाट करिब ५० मिटर तल खसेको जनकारी दिनुभयो।
घाइतेहरुलाई तत्काल स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्दार गरी हेटौंडा अस्पतालमा उपचारको लागि ल्याईदै छ। भने गम्भीर घाइतेहरुलाई भरतपुर लगिएको अर्यालले जानकारी दिनुभयो।
दुर्घटनाको विस्तृत अनुसन्धान जारी रहेको उहाले जानकारी दिनुभयो।
बोलेरो दुर्घटनाबाट गम्भीर घाइते हुनेमा मकवानपुर राक्सिराङ ९ बस्ने बर्ष १६ को हिमाल बस्नेत सोहि ठाउँ बस्ने बर्ष ३५ को बुद्धिमान घलान राक्सिराङ ९ बस्ने बर्ष ७५ को डिल बहादुर घलान निजको श्रीमति बर्ष ६५ को फुलमाया घलान सोहि ठाउँ बस्ने बर्ष ३८ कि रुप बहादुर राउत राक्सिराङ ९ बस्ने बर्ष ४८ को दिपक खड्का रहेका छन ।
सामान घाइते हुने हरुमा राक्सिराङ ९ बस्ने बर्ष ५० को सुर्य अधिकारी हातमा चोट लागेको सोहि ठाउँका बर्ष १४ को कुमार तामाङ टाउकोमा चोट देखिएको र जिल्ला मकवानपुर राक्सिराङ ९ बस्ने बर्ष २८ को सुजन तामाङ हात खुट्टामा सामान्य चोट लागेको र निजलाई प्रहरी साथमा लगाई उपचारको लागी पठाएको प्रहरी प्रवक्ता अर्यालले बताउनु भयो।