हेटौंडामा लागुऔषध सहित दुई जना पक्राउ

Image

हेटौंडा / मकवानपुरको रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकप्वाइन्टमा सवारी जाँचका क्रममा एक पर्यटक बसबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पर्सा, वीरगञ्ज महानगरपालिका–५ निवासी २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभर रहेका छन्। वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ‘म १ प २१८’ नम्बरको पर्यटक बसमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा, करण रायको झोलामा रहेको VIVO लेखिएको मोबाइल चार्जरभित्र लुकाएर राखिएको १८ ग्राम १५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद लिई थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।