हेटौंडा १५ ठूलो सुकौलीमा तटबन्ध निर्माण, बस्ती संरक्षणमा राहतको आशा

Image

हेटौंडा/  हेटौंडा उपमहानगरपालिका–१५ को ठूलो सुकौलीस्थित केबुलोको घरतर्फ जाने खोल्ची मार्गमा तटबन्ध निर्माण कार्य सुरु गरिएको छ। खोल्सीबाट हुने कटान नियन्त्रण तथा बस्तीको सुरक्षाका लागि १० लाख रुपैयाँको लागतमा तटबन्ध निर्माण थालिएको हो।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष सुनिल मुक्तानको प्रमुख आतिथ्यमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य पातली माया गोम्बा, वडा सदस्य सिहबहादुर लो र मिनु विश्वकर्माको उपस्थिति रहेको थियो।

उक्त आयोजनाबारे जानकारी दिँदै वडा अध्यक्ष सचिवालयका मनोज परियारले तटबन्ध निर्माणले स्थानीयवासीलाई दीर्घकालीन रूपमा लाभ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। निर्माण कार्य स्थानीय सरकारको बजेट तथा पहलमा अगाडि बढाइएको हो।

स्थानीय बासिन्दाहरूले तटबन्ध निर्माणपछि बर्खायाममा हुने बाढीको जोखिम न्यून हुने आशा व्यक्त गरेका छन्।