मकवानपुरमा बिच्छिको टोकाइले ८ वर्षीया बालिकाको निधन, विषालु जीवजन्य जोखिमप्रति जनचेतनाको खाँचो

Image

हेटौंडा / मकवानपुरको बकैया गाउँपालिका–७ मैनाटारमा बिच्छिको टोकाइका कारण एक ८ वर्षीया बालिकाको ज्यान गएको छ। स्थानीय बिरबहादुर वाइवाकी छोरी अस्मिता वाइवालाई बिहीबार साँझ करिब ६ बजेको समयमा आफ्नै घरमा नुहाइसकेपछि कपडा फेर्ने क्रममा बिच्छिले टोकेको थियो।

बिच्छिले बायाँ कम्मरको भागमा टोकेको र त्यसपछि अस्मितालाई सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखापरेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। गम्भीर अवस्थामा रहेकी अस्मितालाई तत्कालै हेटौंडा अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

विषालु जीवजन्य घटनाहरू विशेषगरी ग्रामीण बस्तीहरूमा सामान्यजस्तै देखिए पनि समयमै उपचार र जनचेतनाको अभावमा यस्ता घटनाले ज्यानै जाने स्थिति निम्त्याउने गर्छन्। स्थानीय स्वास्थ्य संस्थाहरूमा यस्ता आकस्मिक अवस्थाका लागि आवश्यक विषविरोधी औषधि र सचेतनामूलक कार्यक्रमको अभाव देखिएको छ।

यस प्रकारका घटनाहरूबाट बच्न ग्रामीण क्षेत्रमा जनचेतनामूलक तालिम, विषालु जन्तुबाट जोगिन अपनाउनुपर्ने सावधानीका उपाय र समयमै उपचार सम्भव बनाउने पूर्वतयारी जरुरी देखिन्छ।