राक्सिराङ गाउँपालिकामा नीति तथा बजेट निर्माणका लागि सुझाव तथा अन्तरक्रिया सम्पन्न

Image

हेटौंडा/ मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा वार्षिक बजेट निर्माण प्रक्रियामा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, उपभोक्ता समिति तथा समुदायको सक्रिय सहभागितासहित अन्तरक्रिया तथा सुझावहरु संकलन कार्यक्रम सम्पन्न गरेको छ।

राक्सिराङ् गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद गोबिन्द राम चेपाङ, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र सामुदायिक उपभोक्ता समितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय आवश्यकता, प्राथमिकता र सम्भाव्य स्रोतहरूलाई समेट्ने गरी सहभागीहरूबाट सुझाव संकलन गरिएको हो। यस्तो अन्तरक्रियामार्फत बजेट पारदर्शी, उत्तरदायी र जनमुखी हुने गाउँपालिकाले जनाएको छ।