हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले ७ दिने ब्युटिसियन तालिम समापन

Image

हेटौंडा/ हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–७ नागस्वतीको महिला उपसमितिको आयोजनामा सञ्चालित ७ दिने ब्युटिसियन तालिम आज समापन भएको छ। जेष्ठ २१ गते हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नुभएको कार्यक्रममा संस्थाका ६५ जना महिला शेयर सदस्यहरुको सहभागिता रहेको थियो। सहकारीको ७ सिद्धान्त अन्तर्गत शिक्षा, तालिम र सूचना रहेको सोही सिद्धान्त अनुसार संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वार्षिक कार्यक्रम निर्धारण गरी सहकारी शिक्षा, सूचना तथा सिपमूलक तालिमहरू प्रदान गर्दै आइरहेको संस्थाका प्रबन्धक रामशरण गौतमले बताउनुभयो।

आज सम्पन्न समापन समारोहका प्रमुख अतिथि ७ नं. वडा अध्यक्ष दामोदर गौतमले सहकारीले प्रदान गर्ने यस्ता तालिमहरूले स्थानीय स्तरमा रोजगारको समेत सिर्जना गर्ने भएकाले सहकारीले बचत तथा ऋणमा मात्र केन्द्रित नभई यसैगरी शिक्षा तथा तालिम प्रदान गर्दै आफ्ना सदस्यहरुलाई स्वरोजगार बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो।

समापन कार्यक्रम संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रबन्धक रामशरण गौतम, उपाध्यक्ष विजय बहादुर बस्नेतको उपस्थिति रहेको थियो। महिला उपसमिति संयोजक उर्मिला चौलागाईंले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष पार्वती ढकालले गर्नुभएको थियो। तालिममा सहभागीहरुलाई ब्युटिसियन उर्मिला अधिकारीले सहजीकरण गर्नुभएको सूचना अधिकारी सुशिल सुवेदीले बताउनुभयो।