हेटौंडा/ हेटौंडा मकवानपुरकै उत्कृष्ट शिक्षा दिदै आएको र नेपालमा चिनिदै आएको भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालयमा विध्यार्थी निर्वाचन २०८२ कक्षा को क्याप्टेन र सह क्याप्टेन को निर्वाचन भएको हो । स्थानीय निर्वाचन झल्काउने प्रकारको यो निर्वाचनमा कक्षा ६ देखि १० सम्मका जम्मा १२५७ जनाको सहभागिता रहेको थियो।
विध्यार्थी नेतृत्व चयनको निर्वाचन सम्पन्न भएको छ। भुटनदेवी माध्यमिक बिद्यालयका प्रधानाध्यापक माधव प्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रि कृष्ण प्रसाद सिलवालको प्रमुख अतिथि साथै हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष तथा भुटनदेवी माध्यमिक बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष नविन सिक्देलको बिसेष अथितिमा उत्घाटन गरिएको हो।
उत्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नविन सिक्देलले मुलुक लोकतान्त्रिक अभ्यासमा रहेको हुदा विधालय बाटनै आफ्नो अबसर,सहि नेत्रित्व छान्न र विद्यार्थीको शिक्षा लगायत चौतर्फी बिकास र प्रगतिको लागि साथ साथै लोकतान्त्रको कति महत्वछ भन्नेकुरा यो निर्वाचनले पुष्टि गरेको बताउनुभयो।
कार्यक्रममा प्रमुख निर्वाचिन अधिकृत संगिता उप्रेती, विधालय व्यवस्थापन समितीका सदस्य नारायण तिमिल्सिना लगायत शिक्षक हरुको उपस्थिति रहेको थियो।

















