हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–१० स्थित एक होटलको तेस्रो तलाको रेलिङबाट खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृतक हेटौंडा–१२ पदमपोखरी निवासी २९ वर्षीय अमित मोक्तान हुन्। सोमबार होटलको तेस्रो तलाको रेलिङबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्काल हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उपचारका क्रममा मंगलबार बिहान मोक्तानको मृत्यु भएको हो।
उक्त होटलमा मोक्तानकी श्रीमती कार्यरत थिइन् र उनी श्रीमतीलाई भेट्न सोही होटलमा गएका थिए। घटनाको वास्तविक कारण खुलेको छैन भने आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
















