बाघको आक्रमणमा एक जना चरुवा कामदारको ज्यान गयो बारा चकरी जङ्गलमा बाख्रा चराउँदै गर्दा भएको थियो आक्रमण

Image

हेटौंडा / बारा स्थित चकरी जङ्गलमा मङ्गलवार बाख्रा चराउन गएका एक जना व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका घर भई हाल जीतपुर (सिमरा उपमहानगरपालिका)–२१ का वीरबहादुर थिङको घरमा बाख्रा चरुवा कामदारका रूपमा कार्यरत अन्दाजि ५५ वर्षीय चन्द्रबहादुर भोलनको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

मङ्गलवार बिहान करिब ११ बजे ३०/४० वटा बाख्रा लिएर चकरी जङ्गलतर्फ गएका भोलन साँझसम्म घर फर्किएनन् । उनी नफर्किएपछि आफन्तहरूले मङ्गलवार साँझ प्रहरीलाई खबर गरेका थिए ।