हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१ का वडाध्यक्षमाथि अज्ञात समूहले आक्रमण गरेका छन् । सोमबार राति भएको उक्त घटनामा समूहले वडाध्यक्षमाथि हातपात गर्नुका साथै मोबाइल लुटेर फरार भएका हुन् ।
घटनापछि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ लगायत अन्य वडाध्यक्षहरू घटनास्थल पुगेका थिए । मेयर लामाले घटनालाई गम्भीर रुपमा लिँदै दोषी पहिचान गरी कडा कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेकी छन् ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । 
यसैबीच, हेटौंडा उपमहानगरपालिकाले यस्तो आपराधिक गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । यस्तै, नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिले पनि विज्ञप्ति प्रकाशित गरी आक्रमणको निन्दा गरेको छ ।

















