हेटौंडा बाट चितवन जादै गरेको इभी माइक्रो बससंग ठोक्किँदा ५ जनाको मृत्यु, ८ घाइते

Image

हेटौंडा/ पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा शनिबार बिहान भएको बस र इभी माइक्रो  ठोक्किँडाँ ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा ३ पुरुष र २ महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरुको सनाखत अझै हुन बाँकी रहेको छ। शवहरू भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

घटनामा गम्भीर घाइते दुई जनासहित ८ जनाको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार मृतक तथा घाइते अधिकांश इभी माइक्रोबसमा सवार थिए।

दुर्घटना धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको यात्रुवाहक बसले लोथरबाट भरतपुरतर्फ आउँदै गरेको इभी माइक्रोलाई ठक्कर दिँदा भएको हो। तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीको सहयोगमा घाइतेहरूलाई तत्काल अस्पताल पठाइएको थियो। चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
घटनापछि केही समय अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग हाल पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।