बकैया गाउँपालिकाको एघारौं गाउँसभा अधिवेशन असार १० गतेका लागि आह्वान

Image

हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिकाको एघारौं गाउँसभा अधिवेशन यही २०८२ साल असार १० गते मंगलबारका दिन बस्ने भएको छ। गाउँपालिकाका अध्यक्ष  धर्मराज लामिछानेको आह्वानमा अधिवेशन बकैया गाउँपालिकाको सभाहलमा दिउँसो १:०० बजेका लागि तय गरिएको हो।

गाउँ कार्यपालिकाको निर्णय तथा बागमती प्रदेश सरकारको गाउँसभा तथा नगरसभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ३ को उपदफा (१) अनुसार बोलाइएको उक्त अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने मुख्य एजेन्डा रहनेछ।

गाउँसभा सदस्यहरू — अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरू — लाई अधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई सहभागी हुन प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले अनुरोध गरेका छन्।

‘समृद्ध बकैया निर्माणको मुल आधार स्वास्थ्य, शिक्षा, कृषि र वातावरणमैत्री पूर्वाधार’ भन्ने मूल नाराका साथ अघि बढिरहेको गाउँपालिकाले आगामी नीति तथा कार्यक्रममार्फत स्थानीय विकासलाई अझ प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।