एसईई नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजारले ३.६ भन्दा माथिको जीपीए

Image

हेटौंडा/  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ विद्यार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

बोर्डका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ भने ३.२ देखि ३.६ जीपीएबीच ८१ हजार ३५५ विद्यार्थी परेका छन् । यस्तै, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४, २.४ देखि २.८ बीच ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ तथा १.६ देखि २ जीपीए ल्याउने ८ जना रहेका छन् ।

यसैबीच, बोर्डले १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको जनाएको छ ।