हेटौंडा / नेकपा एमाले मकवानपुर अन्तर्गत जिल्ला विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको आयोजनामा विपद् व्यवस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
विभागका प्रमुख शिवहरि दाहालको अध्यक्षता एवं नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य सुमित्रा काफ्ले, जिल्ला सचिव सीता बिष्ट, उपसचिव फुर्वा दोर्जे लामा, जिल्ला जनसंगठन संयन्त्र प्रमुख सन्तोष पौडेल, जिल्ला वन तथा वातावरण विभाग प्रमुख पंचमाया स्याङ्तान, जिल्ला स्वास्थ्य विभाग प्रमुख उत्सव चौलागाईंले मन्तव्य व्यक्त गरेका थिए।

प्राकृतिक प्रकोप तथा अन्य विपद्को अवस्थामा उद्धार, राहत तथा पुनःस्थापनामा स्वयंसेवकीय भूमिका निर्वाह गर्न एमाले मकवानपुरले जिल्ला स्तरमा ६५ जनाको स्वयंसेवक टोली तयार गरेको छ।
उक्त तालिमलाई पिताम्बर बास्तोला, लक्ष्मण भट्टराई तथा रामजी खतिवडाले सहजीकरण गरेका थिए। कार्यक्रममा पार्टी जिल्ला कमिटीका सदस्यहरू, नगर कमिटीका पदाधिकारी एवं सदस्यहरू, विभागका प्रतिनिधिहरू तथा विभिन्न जनसंगठनका प्रमुख तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन विपद् व्यवस्थापन विभागका सचिव सुरेश बेरोजगारले गरेका थिए।

















