हेटौंडा / मकवानपुरको भिमफेदी गाउँपालिका–१ टौवासस्थित खोलामा नुहाउने क्रममा एक जनाको ज्यान गएको छ।
असार २१ गते अन्दाजी दिउँसो ३:१५ बजे तिर पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी अन्दाजी ४५–५० वर्षका पुरुषोत्तम शर्मा टौवास खोलामा नुहाउने क्रममा खोलाको बहाव अचानक बढेपछि बगाएर करिब ४०० मिटर तल पुर्याएको अवस्थामा मृत फेला परेका हुन्।
घटनाका बेला शर्मा बिरगञ्जबाट ईभी गाडी रिजर्भ गरी आएका साथीसहित बनभोज सकेर रमाइलो गरिरहेका थिए। नुहाउने क्रममा खोलाको बहाव एक्कासी बढेपछि उनी बगेका थिए।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको छ भने थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमाण्डमा थप प्रहरी टोली घटनास्थलमा खटिएको मकवानपुर जिल्ला प्रहरी कार्यालय हेटौडाका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

















