चीनतर्फको भीषण वर्षापछि आएको बाढीले रसुवाको टिमुरे क्षेत्र आसपासमा ठूलो क्षति पुर्याएको छ। बाढीले नेपाल–चीन जोड्ने महत्वपूर्ण मितेरी पुल पूर्ण रूपमा बगाएको छ भने भन्सार यार्ड (ड्राइपोर्ट) मा पार्किङ गरिएका १०० देखि १५० वटासम्मका सवारीसाधनमध्ये अधिकांश बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी कृष्ण प्रसाद हुमागाईका अनुसार नदीमा आएको अत्यधिक बाढीले मितेरी पुल बगाउनुका साथै भन्सार क्षेत्रलाई गम्भीर क्षति पु¥याएको छ। हालसम्मको सूचनाका आधारमा क्षति अत्यधिक रहेको अनुमान गरिएको छ भने विस्तृत विवरण संकलनको प्रयास भइरहेको जनाइएको छ।
पुल बगेसँगै नेपाल–चीनबीचको स्थलगत सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ। यस घटनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी जारी गर्दै नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

















