हेटौंडामा लागुऔषध ट्रामाडोलसहित दुई युवक पक्राउ

Image

हेटौंडा/ मकवानपुरको हेटौंडामा लागू औषधसहित दुई जना युवक पक्राउ परेका छन्।

असार २७ गते साँझ ४:३० बजे हेटौंडा उपमहानगरपालिका–१३ मा बसोबास गर्ने अन्दाजी २५ वर्षीय राहुल राना मगरलाई लागू औषध ट्रामाडोल २० क्याप्सुल र डाइजेपाम ११ एम्पुलसहित फेला पारी प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा खानतलासी गर्दा ती लागू औषध फेला परेको प्रहरीले जनाएको छ। उनलाई लागुऔषध कसुरअन्तर्गत मुद्धा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।

यस्तै असार २८ गते साँझ ५:३० बजे हेटौंडा उपमहानगरपालिका–२ पिपलबोटस्थित क्षेत्रबाट बकैया गाउँपालिका–३ हात्तिसुडे जलजलेका २३ वर्षीय कुशल खड्कालाई लागू औषध ट्रामाडोल ५२ क्याप्सुलसहित वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई पनि लागुऔषध मुद्दामा म्याद थप गरी ५ दिनका लागि हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताउनुभयो।