महेन्द्र किरण माविमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि घलानद्वयद्वारा छात्रवृत्ति सहयोग

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–३ मा अवस्थित महेन्द्र किरण माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ।

ललितपुरस्थित कोन्योसोम इलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी हवल्दार एवं सोही विद्यालयका भूतपूर्व विद्यार्थी राकेश घलान र विद्यालय व्यवस्थापन समितिका जेष्ठ तथा वरिष्ठ सदस्य धन बहादुर घलानको संयुक्त सहयोग  दश हजार रुपैयाँ छात्रवृत्तिका लागि विद्यालयलाई प्रदान गरिएको हो।

विद्यालयका प्रधानाध्यापक समिर लामाले सहयोगी व्यक्तित्वहरूप्रति विद्यालयको तर्फबाट धेरै धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र साथका लागि अपेक्षा राख्नुभएको छ। उहाँले यस प्रकारको सहयोगले विद्यार्थीसहित सम्पूर्ण विद्यालय परिवारलाई उत्साहित बनाएको बताउनुभयो।