महेन्द्र किरण माध्यमिक विद्यालय व्यवस्थापन समितिको २४औं बैठक सम्पन्न

Image

हेटौंडा / महेन्द्र किरण माध्यमिक विद्यालय हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा अवस्थित विद्यालयको व्यवस्थापन समितिको २४औं बैठक आज सम्पन्न भएको छ। बैठकले प्रारम्भिक बाल विकास (ECED) प्रशिक्षार्थी शिक्षकको व्यवस्थापन, शिक्षक अभिभावक संघ (PTA) को पुनर्गठन तथा नयाँ रसिद प्रणाली सुरु गर्ने जस्ता महत्वपूर्ण निर्णयहरू गरेको छ।

वि.व्य.स. अध्यक्ष हर्क बहादुर पाख्रिनको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरू धन बहादुर घलान, सुजन न्यौपाने, सुनिता दर्लामी, कविता राई, शर्मिला राई, सुदीप कार्की, सुमित्रा कुमाल हुमागाई, सत्रिर लामा तथा आमन्त्रित सदस्यका रूपमा PTA अध्यक्ष रोशन गोलेको सहभागिता रहेको थियो।

बैठकले मिति २०८१/०३/२३ को अघिल्लो निर्णयलाई पुनर्विचार गर्दै ECED प्रशिक्षार्थी शिक्षक सीता राईमाश्री र अमृता कुमारी सिंगारलाई आवश्यक स्रोत व्यवस्थापन गरेर विद्यालयस्तरबाटै निरन्तरता दिने निर्णय सर्वसम्मतले पारित गरेको छ। उक्त जानकारी प्रधानाध्यापक तथा सदस्य सचिव समिर लामाले दिनुभयो।

त्यसैगरी, शिक्षक अभिभावक संघ (PTA) को पुनर्गठन गर्दै रोशन गोलेलाई अध्यक्ष चयन गरिएको छ। संघमा सदस्यका रूपमा हर्क बहादुर पाख्रिन, धन बहादुर घलान तथा वडा प्रतिनिधिका रूपमा देवकी विश्वकर्मा रहने निर्णय गरिएको छ।
शैक्षिक सत्र २०८२/०८३ बाट रसिद नम्बर १२५१ बाट नयाँ रसिद प्रणाली सुरु गर्ने निर्णयसमेत गरिएको  लामाले बताउनुभयो।