हेटौंडामा ५ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ

Image

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित चेकपोष्टमा लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्।

साउन ८ गते बिहान करिब ११:३० बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले नियमित सवारी चेकजाँचको क्रममा नारायणगढतर्फबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३६७३ नम्बरको यात्रुबाहक बस रोकेर जाँच गर्दा लागूऔषध फेला परेको हो।

बसमा सवार जिल्ला सुनसरी ईनरुवा नगरपालिका–७ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–६ बस्ने १८ वर्षीय आश नारायण चौधरीलाई शंका लागि तलासी गरिएको थियो। प्रहरीका अनुसार चौधरीको साथबाट ५ किलो लागूऔषध गाँजा फेला परेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको हो।

बरामद गरिएको गाँजा सहित चौधरीलाई लागूऔषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।