हेटौंडा / नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि आज बुधबार विहानदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ।
प्रदेश कार्यसम्पादन समितिद्वारा गठन गरिएको निर्वाचन समितिले विहान ८ बजेदेखि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। उक्त समितिको संयोजकत्व कांग्रेसका सहमहामन्त्री हरिशरण श्रेष्ठले गरेका छन्।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्तादेखि मतगणनासम्मको सम्पूर्ण प्रक्रिया बुधबार नै सम्पन्न गर्ने तयारी गरिएको छ। नयाँ नेताको चयनसँगै बागमती प्रदेशमा कांग्रेसको राजनीतिक रणनीति र नेतृत्वदायी भूमिका तय हुने अपेक्षा गरिएको छ।

















