सत्ता सन्तुलनमा रणनीति : बागमती मुख्यमन्त्री लामा द्वारा तीन मन्त्री नियुक्त शपथग्रहण आजै

Image

हेटौंडा / बागमती प्रदेश सरकारमा सत्ता सन्तुलन र गठबन्धनको समीकरण मिलाउने उद्देश्यले मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नेपाली कांग्रेसका पाँच जना मन्त्रीले दिएको राजीनामापछि रिक्त बनेका मन्त्रालयमध्ये तीन मन्त्रालयमा नयाँ नियुक्ति गरिएको हो । यसमार्फत मुख्यमन्त्री लामाले सरकार सञ्चालनमा स्थायित्व र कार्यक्षमता कायम राख्ने संकेत दिएका छन् ।

नयाँ मन्त्रीहरूमा गोबिन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सांसद माया श्रेष्ठ र गिता गुरुङलाई मन्त्री नियुक्त गरिए तापनि उनीहरूको जिम्मेवारी तय गरिएको छैन । उनीहरूलाई सत्तारूढ गठबन्धन भित्रको शक्ति सन्तुलनअनुसार मन्त्रालय तोक्ने तयारी गरिएको बताइएको छ ।

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आजैका लागि तय गरिएको छ ।