बागमती प्रदेशका मुख्यमन्त्री लामाले राजीनामा दिने तयारी

Image

हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले अन्ततः पदबाट राजीनामा दिने तयारी सुरु गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा बोलाएर लोकतान्त्रिक प्रक्रिया अनुसार सहमति बनाउन निर्देशन दिएपछि लामाले राजीनामा दिन सहमति जनाउनुभएको हो।

संसदीय दलको नेतृत्वका लागि इन्द्र बानियाँसँग पराजित भएपनि लामाले लामो समयसम्म राजीनामा दिन नचाहेको स्थिति थियो र मन्त्रालय विस्तारसमेत गर्नुभएको थियो। तर देउवाको निर्देशनपछि उहाँले हेटौँडामा रहेका निकटका नेताहरूसँग छलफल गरी राजीनामा दिने तयारी गरेको बताइएको छ।

मुख्यमन्त्री निकट सांसद तीर्थ लामाले पनि भोलिसम्म राजीनामा पेश हुने जानकारी गराएका छन्।