हेटौंडा । हेटौंडा–४ स्थित बुद्ध टोल विकास संस्थाको २४औं वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले पुनः शान्ता कोइरालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नवगठित कार्यसमितिमा कर्मा सिन्तान उपाध्यक्ष, बबिता उदास सचिव, ममता आचार्य सहसचिव र रामप्रसाद प्रसाई कोषाध्यक्ष चयन भएका छन्। अन्य सदस्यहरू समेत चयन गर्दै संस्थाको नेतृत्वमा नयाँ उत्साह थपिएको बताइएको छ।
साधारणसभामा वडा नं ४ का अध्यक्ष नवीन सिग्देल प्रमुख अतिथि र टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल विशेष अतिथि रहेका थिए। कार्यक्रममा सहभागीहरूले संस्थाको विगतका गतिविधि, चालु योजना र भावी कार्यदिशा बारे छलफल गरेका थिए।

















