हेटौंडा/ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक पुनः सुचारु गरिएको छ।
माथिबाट सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको थियो। सूचना प्राप्त हुनासाथ फाखेल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले तत्कालै उद्धार तथा पहिरो पन्छाउने कार्य सुरु गरेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालका अनुसार, निरन्तर प्रयासपछि पहिरो पन्छाई सडक पुनः सञ्चालनमा ल्याइएको हो। अहिले यातायातका सबै सवारीसाधन सञ्चालनमा आएका छन्।
प्रहरी प्रशासनले यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न र सम्भावित जोखिममा सतर्कता अपनाउन अनुरोध गरेको छ।

















