हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाध्यक्षमाथि अमानवीय व्यवहार गर्ने एक जना पक्राउ

Image

हेटौंडा / जिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सविन न्यौपानेमाथि वडा कार्यालयमै प्रवेश गरी अमानवीय तथा अपमानजनक व्यवहार गरेको आरोपमा फरार रहेका व्यक्तिहरूमध्ये एक जना पक्राउ परेका छन्।

२०८२।०३।०४ गते भएको उक्त घटनापछि फरार रहेका आरोपीहरूमध्ये जिल्ला मकवानपुर मनहरी गाउँपालिका–२ बसोबास गर्ने ३० वर्षीय नेप्टे भनिने विजय थिङ लामालाई खोजतलासका क्रममा २०८२।०४।१८ गते हेटौंडा उपमहानगरपालिका–८ कमाने क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका थिङलाई सम्मानित मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ। साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको अर्यालले बताउनुभको छ।