हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ शान्तिटोलबाट लागूऔषधसहित ३० वर्षे आदेश लामालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनलाई शंका लागेर खानतलासी गर्दा खैरो हेरोइन जस्तो लागुऔषध १ ग्राम र ट्रामाडोल जस्तो धुलो पदार्थ २ ग्राम २० मिलिग्राम बरामद गरेको छ।
प्रहरीले आदेश लामालाई नियन्त्रणमा लिएर लागूऔषध कसुर मुद्धामा मकवानपुर जिल्ला अदालतबाट म्याद लिएको जनाएको छ। थप अनुसन्धान कार्य जारी छ।

















