राजनीतिक दलको पदमा रही काम गर्ने शिक्षकलाई राजिनामा दिन निर्देशन

Image

बर्दिया ।

बर्दिया जिल्लाको राजापुर नगरपालिकाले राजनीतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनीतिक दलको कार्यकारीणी पदमा रही काम गर्ने शिक्षकलाई राजिनामा दिन निर्देशन दिएको छ ।

दलको कार्यकारीणी पदमा रहेर विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरण विपरीत कार्यगर्ने राजापुर नगरपालिका अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजिनामा दिन लगाउन भन्दै सबै सामुदयिक विद्यालयहरुलाई निर्देशन दिएको हो ।

साथै प्रचलित शिक्षा, ऐन, २०२८ (शंसोधन सहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लङघन गरी विभिन्न राजनीतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनीतिक दलको कार्यकारीणी पदमा रही पठनपाठन प्रभावित हुने गरी आचरण विपरीत कार्य गर्ने विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजिनामा दिन लगाई सो को विवरण सात दिन भित्र राजापुर नगरपालिकाको कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।