Khabar Board

डडेल्धुरामा बजार अनुगमन : ३ वर्षअघि म्याद सकिएको सामान पनि पसलमै ! (फोटोफिचर)

डडेल्धुरा ।

जिल्ला जिल्ला प्रशासन कार्यालय डडेल्धुराले संयुक्त बजार अनुगमनलाई तीव्र बनाएको छ। प्रशासनले जिल्ला सदरमुकाम क्षेत्रमा पछिल्लो दुई सातामा पाँच दिन संयुक्त बजार अनुगमन गरेको हो।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत हेमप्रसाद ढकालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, अन्तरिक राजश्व कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिको संयुक्त टोलीले यहाँका बागबजार, तुफानडाँडा, विद्युत् रोड, खलंगालगायतका क्षेत्रमा अनुगमन गरेको छ।

पाँच दिनमा एक सय १५ पसल, व्यवसीय फर्म तथा होटलहरूमा अनुगमन गरिएको प्रशासनले जनाएको छ। अनुगमनका क्रममा खाद्य, किराना तथा विभिन्न उपभोग्य साम्रगी बिक्री वितरण गर्ने एक दर्जन बढी पसलबाट म्याद नाघेका बस्तु बरामद गरिएको प्रशासनका सूचना अधिकारीसमेत रहेका ढकालले जानकारी दिए।

त्यसमा खाद्य मिति सकिएका मसला, चिउरा, मिठाइ, सोयबिन, विस्कुट, चाटुराम, सुजी, चिजबल, चाउचाउ, जुसलगायतका खाद्य बस्तु गरिएको उनले बताए। अनुगमनका क्रममा टोलीले रु १२ हजार ८ सय १० रुयैयाँ बराबरको अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको प्रशासनका सूचना अधिकारीसमेत रहेका ढकालले जानकारी दिए।

समाजिक बिकास कार्यालय बैतडी

उनका अनुसार बिहीबार र शुक्रबार गरिएको अनुगमनका क्रममा बढी जसो अखाद्यय बस्तु गरिएको हो। उनले अनुगमनका क्रममा दुई पसल दर्ता नै नगरी चलाइरहेको भेटिएको जानकारी दिए। उनले उनीहरूलाई तुरुन्तै पसल दर्ता गर्न निर्देशन दिएको बताए।

अनुगमन टोलीले सन् २०१८ जुनमा बनेको हल्दीराम अहिले पनि पसलमै राखेको फेला पारेको थियो। उक्त म्याच नाघेको बस्तुलाई बरामद गरेर नष्ट गरिएको र आगामी दिनमा भेटिएमा कारबाही गर्ने चेतावनी दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख गणेशदत्त जोशीले जानकारी दिए।

हल्दीरामको म्याद एक वर्षको मात्रै थियो। तर, सन् २०२२ को अप्रिल महिना सकिन लाग्दासमेत व्यापारीले पसलमै राखेका थिए । अनुगमन टोलीले पसलहरूलाई सबैले देख्ने गरी मूल्य सूची राख्न तथा होटलहरूलाई सरसफाइनमा विषेश ध्यान दिन निर्देशन दिएको कार्यालयका प्रमुख जोशीले बताए।

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.