धनगढी ।
प्राज्ञिक विद्यार्थी परिषद नेपाल सुदुरपश्चिम् प्रदेशको प्रदेश कार्यकारिणी बैठक धार्मिक एबम आध्यात्मिक स्थल बेहडाबाबा मन्दिरमा सप्पन्न भएको छ ।
वैशाख ९ र १० गते संचालन भएको उक्त बैठकमा विद्यार्थी परिषद् सुदुरपश्चिम् प्रदेशले विगतमा गरेकाे कार्यक्रमात्मक समिक्षा सांगठनिक समिक्षा गरेको छ । साथै आगामी बर्षकाे बार्षिक कार्ययोजना , नगर अभ्यास वर्ग, जिल्ला अभ्यास वर्गकाे याेजना, सदस्यता अभियान , क्याम्पस कार्यविस्तार याेजना, सांगठनिक तीन राष्ट्रिय कार्यक्रम, रचनात्मक तथा आन्दोलनात्मक गतिविधिहरूकाे बारेमा विशेष छलफल पश्चात् आगामी कार्यक्रमहरूकाे घाेषणा गर्दै विद्यार्थी परिषद्का राष्ट्रिय सचीव दिनेश कार्कीले उक्त बैठक समापन भएको थियोे ।
उक्त बैठकमा परिसदका प्रदेश सचीव प्रदीप भट्ट ,राष्ट्रिय जनजाती कार्य प्रमुख एबम प्रदेश संगठन सचीव चन्द्र सेखर जोसि लगायत प्रदेश कार्यसमिति मा रहनु भएका विभिन्न जिल्लाका दायित्ववान कार्यकर्ताको उपस्तिथि रहेको थियो ।