Khabar Board
Flash logo up side
flash header

धनगढीको मेयरमा ९ जनाको उम्मेदवारी, को-को भए उम्मेदवार ?

Nirbachan m

 

धनगढी ।

धनगढी उपमहानगरपालिकाको मेयरमा ९ र उपमेयरमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धन, प्रमुख विपक्षी दल नेकपा एमाले, अन्य विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत गरेर मेयर र उपप्रमुख गरी १६ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले मेयर पदका लागि तीन जना स्वतन्त्र उम्मेदवारसहित ९ र उपमेयरमा एक स्वतन्त्रसहित ७ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

उनकाअनुसार मेयरमा नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द, जनता समाजवादी पार्टीका कबीन्द्र ऐर, लोकतान्त्रिक समाजवादी पार्टीका बसन्तबहादुर विश्वकर्मा, नागरिक उन्मुक्ती पार्टीका मीनकुमार चौधरी, सचेत नेपाली पार्टीका भारती थापाले मनोनयन दर्ता गराएका छन् ।

धनगढीका व्यवसायी गोपाल हमाल, मदनकृष्ण भट्ट र उधवराज पन्तले मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत पनेरुले बताए । मेयरमा उम्मेदवारी दिएका कांग्रेसका नृपबहादुर वड सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा धनगढीको मेयरमा निर्वाचित भएका थिए ।

Center article

सत्तारुढ गठबन्धनकातर्फबाट उपमेयरमा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी, नेकपा एमालेकी कन्दकला रानाथारु, विवेकशिल साझा पार्टीकी विमला पन्त ओझा, राप्रपाका दुर्गादत्त पन्त, नागरिक उन्मुक्ति पार्टीकी सावित्री चौधरी, नेपाल परिवार दलकी विष्णुकुमारी बिक र प्रभाकर भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्त गठबन्धन बनाएर निर्वाचन लडिरहेका बेला प्रमुख विपक्षी दल नेकपा एमालेले एकल उम्मेदवारी दिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका स्वतन्त्र उम्मेदवार हमाललाई विवेकशील साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाएको छ । यहाँ सत्तारुढ गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवार हमालबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.