Khabar Board
Flash logo up side
flash header

पाटन नगरपालिकाको खोडपेमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले निर्वाचन आचारसंहिताको उल्लंघन (भिडीयोसहित)

Nirbachan m

बैतडी ।

बैतडीको पाटन नगरपालिका– ८ खोडपे बजारमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको छ। खोडपे बजारमा म १ ज २२७ नम्बरको जिपमा श्रव्य सामग्री (डिजे) मा पार्टीको गीत बजाइ आचारसंहिताको उल्लंघन गरेको हो।

आचारसंहिता अनुसार राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले पालना गर्नुपर्ने आचरणको (ढ) मा कुनै पनि उमेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झन्डा, दल वा उमेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न वा गराउन नहुने उल्लेख छ। तर, एमालेले भने यसको उल्लघंन गरेको छ।

यस विषयमा बैतडी पाटन निर्वाचन अधिकृत ईश्वरी दत्त जोशीले यसबारेमा उजुरी नपरेको तर परेमा निर्वाचन आयोगलाई लेखि पठाउने बताए। ‘आचारसंहितले श्रव्य सामग्री बजाउन पाइँदैन। उजुरी परेको खण्डमा प्रमाणसहित आयोगलाई पठाउउँछौं,’ उनले भने, ‘उजुरी नपरेसम्म त के गर्नू।’ साथै यस विषयमा खोडपे प्रहरीलाई जानकारी गराएको र यस्ता कार्य बन्द गर्ने लगाइसकेको समेत जानकारी दिए।

Center article

आगामी दिनहरुमा कुनै पनि राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले आचारसंहिता उलंघन नगर्नुसमेत आग्रह गरेका छ्न्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.