Khabar Board
Flash logo up side
flash header

भारतसंग जोडिएको सीमा तीनदिन बन्द हुने

Nirbachan m

बैतडी ।

आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर बैतडीमा भारतसंग जोडिएको सीमा तीनदिन बन्द हुने भएको छ । निर्वाचन सुरक्षाका लागि वैशाख २७ गते राती १२ बजेदेखि वैशाख ३० गते राती १२ बजे सम्म सीमा बन्द गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

Center article

चुनावको अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए । कुनै देशमा चुनाव हुँदा अन्तरराष्ट्रिय नियम अनुसार नै सीमा बन्द गरिने भारतीले बताए । यो बिषयमा भारतीय अधिकारीहरुसंग समेत समन्वय भईसकेको उनले बताए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.