Khabar Board
Flash logo up side
flash header

सुदूरपश्चिममा कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता (विवरणसहित)

Nirbachan m

धनगढी ।

सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा शुक्रबार मतदान सम्पन्न भएकोमा विभिन्न स्थानीय तहमा मतगणना सुरु भएको छ। कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु भएको छ हो।

प्रदेशका ८८ मध्ये २५ पालिकाको प्रारम्भिक नतिजामा एमालेले अग्रता लिएको छ। एमालेले गणना सुरु भएमध्येका ११ स्थानीय तहका मेयर/अध्यक्षमा अग्रता लिएको छ। यस्तै काँग्रेसले ९ र माओवादी केन्द्रले ५ पालिकामा अग्रता लिएको छ।

Center article

बैतडीको दशरथचन्द, पाटन, मेलौली, कैलालीको बर्दगोरिया, डोटीको बोगटान फुडसिल, जोरायल, बझाङको बिथ्थरचिर, मष्टा, खप्तडछान्ना र अछामको बान्नीगढी जयगढमा एमालेको अग्रता छ।

यस्तै डडेल्धुराको अमरगढी, गन्यापधुरा, बैतडीको सुर्नाया, पुचौडी, शिवनाथ, डोटीको बडिकेदार, कञ्चनपुरको लालझाडी, कैलालीको गोदावरी र कैलारीमा नेपाली काँग्रेसले अग्रता लिएको छ। माओवादी केन्द्रले कञ्चनपुरको बेलौरी, डडेल्धुराको पशुराम, दार्चुलाको अपिहिमाल र लेकम तथा अछामको रामारोशनमा अग्रता लिएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.