बैतडी ।
बैतडीका १० ओटै स्थानीय तहहरुमा मतगणना कार्य शुरु भएको छ । ६ ओटा पालिकाको प्रारम्भिक मतपरिणाम बाहिर आउँदा चार पालिकामा कांग्रेस र दुई पालिकामा एमाले अग्रस्थानमा देखिएको छ ।
जिल्लाको शिवनाथ गाउँपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा कांग्रेसको अग्रता कायम छ भने दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकामा एमालेको अग्रता कायम रहेको छ । मतगणना कार्य जारी रहेको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको प्रारम्भिक मतपरिणाम आउन बाँकी रहेको छ ।