Khabar Board
Flash logo up side
flash header

कांग्रेसका नगर सभापतिलाई पराजित गर्दै दनपा १ मा एमालेका भट्ट विजयी

Nirbachan m

बैतडी ।

Center article

बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ का अध्यक्ष पदमा नेकपा एमालेका विष्णुदत्त भट्ट विजयी भएका छन् । ८१४ मत ल्याएर उनी विजयी भएका हुन् ।

उनका निटकतम् प्रतिस्र्पधी नेपाली कांग्रेसका भुवनराज भट्टले ७९० मत प्राप्त गरे । उनी नेपाली कांग्रेसका दशरथचन्द नगरसभापति समेत हुन् । यस्तै ३ जना वडा सदस्य एमालेका निर्वाचित भएका छन् भने एक जना कांग्रेसका निर्वाचित भएका छन् ।

यसैगरी मेयर पदमा नेकपा एमालेका पुस्कराज जोशी (लख्खाभाइ)को अग्रता कायमै रहेको छ । उनले अहिले सम्म १ हजार २४० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गजेन्द्रसिंह रावलले अहिले सम्म १ हजार ५५ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा कांग्रेसकी कौशिला चन्दले १ हजार १४२ मत र एमालेकी सरस्वती नेपालीले १ हजार ११७ मत प्राप्त गरेकी छिन् । मतगणना जारी रहेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.