Khabar Board
Flash logo up side
Nirbachan aayog

लेकमका तीन वडाको मतपरिणाम सार्वजनिक, अध्यक्षमा गठबन्धन र उपाध्यक्षमा एमालेको अग्रता

Nirbachan m

दार्चुला ।

दार्चुलाको लेकम गाउँपालिकामा तीन वडाको मतगणना सम्पन्न भइसकेको छ । रेडियो लोकदर्पणलाई प्राप्त जानकारी अनुसार वडा नम्बर १, २ र ३ को मतगणना सम्पन्न गरेर वडा नम्बर ४ र ५ को मतगणना कार्य भइरहेको छ । वडा नम्बर १ र ३ मा एमाले र वडा नम्बर २ मा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

लेकमको वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा नम्बर १ बाट पालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार रामदत्त जोशी (आरडी) को अग्रता भएपनि वडामा एमाले उम्मेदवार विजयी भएका हुन् । वडा नम्बर १ मा पालिका अध्यक्षमा एमाले उम्मेदवार परमानन्द जोशीले ३१४ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार माओवादीका रामदत्त जोशीले ५७२ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीका नरेन्द्र रावलले ६४ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार माधवी जोशीले ४४७ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार सुना जोशीले ४३० मत प्राप्त गर्नुभएको छ । वडामा एमाले उम्मेदवार नवराज पन्त ४७८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार महादेव साउदले ४४५ मत प्राप्त गर्नुभयो । नेकपा एसको ५४ मत प्राप्त भएको छ । वडा सदस्यमा पनि सबै एमालेकै उम्मेद्वार जिजयी भएका छन् ।

वडा नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेशका युवा नेता शिवराज जोशी विजयी हुनुभएको छ । जोशी ५५८ मतसहित निर्वाचित हुँदा एमाले उम्मेदवार रामानन्द भट्टले १९३ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर २ बाट गाउँपालिका अध्यक्षमा परमानन्द जोशीको २८२ र रामदत्त जोशीको ६५१ मत प्राप्त भएको छ । उपाध्यक्षमा माधवी जोशीको ३७८ र सुना जोशीको ५२१ मत प्राप्त भएको छ । वडा नम्बर २ मा गठबन्धनका उम्मेदवारले राम्रो अग्रता लिएका छन् ।

वडा नम्बर ३ मा एमाले नेता सुरेशसिंह थापा प्यानलसहित विजयी हुनुभएको छ । थापाले ३९५ मत प्राप्त गर्दा प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार कांग्रेश नेता राजेन्दप्रसाद जोशीले ३४७ मत प्राप्त गर्नुभयो । लालीबाट गाउँपालिका अध्यक्षमा परमानन्द जोशीको ३४४ र रामदत्त जोशीको ३७० मत प्राप्त भएको छ । उपाध्यक्षमा माधवी जोशीको ३८१ र सुना जोशीको ३१८ मत प्राप्त भएको छ ।

वडा नम्बर ४ र ५ को मतगणना जारी छ । प्रारम्भीक जानकारी अनुसार वडा नम्बर ४ को ६०० मत गणना गर्दा एमालेको अग्रता देखिएको छ । गाउँपालिका अध्यक्षमा परमानन्द जोशीको ३५३ र रामदत्त जोशीको १९४ मत प्राप्त भएको छ । उपाध्यक्षमा माधवी जोशीको ३६९ र सुना जोशीको १५५ मत प्राप्त भएको छ । वडाअध्यक्षमा एमाले उम्मेदवार पुष्पराज जोशीको ३५५, गठबन्धनका उम्मेदवार महेन्द्रराज जोशीको १८६ र स्वतन्त्र उम्मेदवार मदनसिंह धामीको २८ मत प्राप्त भएको छ । वडा नम्बर ५ को प्रारम्भीक नतिजा आउने क्रममा रहेको छ ।

अहिलेसम्म गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार रामदत्त जोशीको ४९४ मतको अग्रता देखिएको छ भने उपाध्यक्षमा एमाले उम्मेदवार माधवी जोशीको १५१ मतको अग्रता देखिएको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.