Khabar Board
Flash logo up side
flash header

बैतडी सुर्नयाको अध्यक्षमा एमालेका कुँवर, उपाध्यक्षमा कांग्रेसकी बोहरा विजयी

Nirbachan m

बैतडी ।

बैतडीको सुर्नया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अम्मरबहादुर कुँवर विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका नरेन्द्र बिष्टलाई पराजित गर्दै कुँवर विजयी भएका हुन् ।

गएको स्थानीय तहको निर्वाचनमा सो पालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसले जित हात पारेको थियो । तर अहिले भने कांग्रेसले अध्यक्ष पदमा तेश्रो मत प्राप्त गरेको छ ।

Center article

उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मञ्जु बोहरा विजयी भएकी छिन् । राप्रपाका देवबहादुर चन्दलाई पराजित गर्दै बोहरा विजयी भएकी हुन् ।

सुर्नयामा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए भने एकीकृत समाजवादी र माओवादीले पनि चुनावी तालमेल गरेका थिए । सुर्नयामा नेपाली कांग्रेस एक्लै चुनाव लडेको थियो । सगुनखबरबाट

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.