जिसस बैतडीको प्रथम बैठक सम्पन्न, निर्माणाधिन भवनलाइ प्राथमिकता दिने

Image

बैतडी ।

संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल पछिको दोस्रो स्थानीय तह सदस्य निर्वाचन २०७९ ले जिल्ला समन्वय समितिले पुर्णता पाए संगै आज बुधबारका दिन बसेको जिल्ला समन्वय समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

समन्वय प्रमुख श्री खगेन्द्र धामिको अध्यक्ष तमा बसेको पहिलो बैठक बाट निर्माणाधीन जिल्ला समन्वय समितिको भवनको निर्माण कार्यलाइ तीव्रता दिने बताइएको छ । बिगत केही समयदेखी अलपत्र परेको भवनको निर्माण कार्यलाइ अगाडी बढाउन उप प्रमुख श्री दमन कुवँरको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको समन्वय समितीका सदस्य प्रेम सिंह भाटले बताउन भएको छ ।

हरेक महिनाको ५ गते समन्वय समितिको बैठक बस्ने र समन्वय समितिको काम कर्तव्य अधिकार कार्यन्वयनका लागि आवश्यक कार्ययोजना समेत तयार गरिएको छ । जिल्लामा रहेका १० वटै पालिकाहरु, प्रदेश सरकार र संघीय सरकार संग समन्वय सम्पर्क गर्ने र अनुगमनका कार्यलाइ प्राथमिकतमा राखिएको भाटले बताएको छ । जिल्लामा रहेका सरकारी कार्यालय तथा गैरसरकारी संघ संस्थाहरु संग समेत समन्वय सहकार्य गरिने छ ।